किरात धर्मगुरु तथा राष्ट्रिय विभूति स्व.फाल्गुनन्द लिङ्गदेनको जन्मजयन्तीमा दमक नगरपालिकाले सार्वजनिक विदाँ दिएको छ।

किराँत धर्मावलम्बीहरुका महागुरु लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । महागुरु लिङदेनलाई किरात धर्म दर्शनका पूनरुत्थानकर्ता,समाज सुधारकका रुपमा किरातीहरुले सम्झने गर्छन् । इलामको साविक इभाङ हाल माङसेवुङ गाँउपालिका २ मा विक्रम सम्बत १९४२ कार्तिक २५ मा जन्मिएका र उनको २००५ साल चैत २२ गते निधन भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड