कार्यालयका सबै कर्मचारीको लगनशिलता र उपभोक्ताको विश्वासले अब्बल बनेका हौ-राजन तिम्सिना

दमक/राजन तिम्सिना स्थायी घर मोरंगको पथरी । तर मुख्य कर्मथलो भने दमक । जतिखेर धेरैलाइ इन्टरेनट के हो भन्ने थाहा थिएन दमकमा । तर उनि इन्टरनेट जडानका लागि अभिप्रेरीत गर्दै घरघर हिडे ।

इन्टरनेटको फाइदा र यसको जडानले हुने कार्य बुझाउदै उनको लामो समय बित्यो । अहिले पहिलाजस्तो घरघर हिड्नु पर्ने अवस्था छैन । उनको अनुभवमा आफै इन्टरनेट जडानका लागि खोज्न आउने अवस्थामा पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वल्र्ड लिंक कम्यूनिकेशन लिमिटेड दमकका शाखा प्रवन्धक तिम्सिनाले आफ्नो कार्यालयलाइ देशमा नै अब्बल बनाएकाछन् । वल्र्ड लिंकका १ सयभन्दा बढि शाखामध्ये दमक पनि उत्कृष्ठमा बनाएकाछन् र दमकमा फाइवरको माध्यमबाट नै घरघरमा इन्टरनेट पुर्याउने कार्यमा अग्रणि भूमिका खेलेकाछन् ।

दमकमा ब्यवसायीक काम संगै लायन्स लगायतका सामाजिक संघसंस्थामा पनि अग्रसर रहेकाछन् । घर पथरी भएपनि दमकमा उनको झुकाव र लगाव रहेको छ । जसका कारण धेरैले उनलाइ दमककै एक उदयमान सामाजिक तथा ब्यवसायीक युवाको रुपमा चिन्ने गरेकाछन् ।

दमकबासीले देखाएको सदभाव र विश्वासले आफु आज यहाँसम्म आइपुगेको उनि बताउछन् । दमकबासीले कुनै पनि गुनासो नगर्ने गरी इन्टरनेटको सेवालाइ दुरुस्त बनाउने र दमकमा सबैको पहुँचमा सहज इन्टरनेट पुर्याउने कार्यमा आफ्नो योगदान दिने सपना बोकेको उनि बताउछन् ।

आफ्ना सेवाग्राहीको खुसि नै आफ्नो खुसि भएको र कार्यालयका सबै कर्मचारी परिवार लाग्ने भएकाले यो सफलता मिलेको उनि ठान्छन् । ग्राहकका गुनासो आँउदा आफ्नो मन दुख्ने र चाँडो समस्या सामधान गर्न मन लाग्ने गरेको उनको भनाइ छ ।

सूचना र सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम इन्टरनेटको क्षेत्रमा काम गर्दा आफुलाइ गौरव लाग्ने गरेको उनि बताउछन् । बिचमा विदेमा राम्रो अवसर पाए पनि आफुलाइ त्यहाँतिर मन नलागेको उनको भनाइ छ ।

कहिलेकाहि काम गर्दा प्राविधिक समस्याका कारण उपभोक्ताको मन दुख्ने गरेको भन्दै उनले आउदा दिनमा यो अवस्था पनि नआओस भनेर लागि परेको जनाउछन् ।