झापा\ झापाको भद्रपुर विमानस्थल नौ दिनका लागि बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागि भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कात्तिक २६ देखि मंसिर ५ गतेसम्म बन्द हुने उल्लेख गरेको छ।

विमानस्थल बन्द हुने भएपछि एयरलाइन्सहरुले अतिरिक्त उडानको व्यवस्था विराटनगर मिलाइएको जानकारी दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै भद्रपुरको सट्टा विराटनगरमा उडान थप गरिएको बताएको छ।