दमक/ दमकमा हिजो दूइ ठाँउमा द्ुर्घटना भएको छ । दुर्घटनामा केहि घाइते भएकाछन् । जिल्ला प्रहरी कार्यालय झापाले पठाएको घटना विवरण यस्तो छ-

मिति २०७६।०७।२४ गते अ.१०:२० बजे जि.झपा दमक न.पा.५ चिया बगानमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको मे४प १७५८ न.को मो.सा.ले दक्षिण बाट उत्तर तर्फ जादै गरेको स्कुटी लाई ठक्कर दिई दुर्घट्ना हुँदा तत्काल ई.प्र.का.दमक बाट QRT टोली खटी गई घाईते मो.सा.चालक जि.झापा बाहृदर्सी गा.पा.५ बस्ने अ.बर्ष ५० को सिताराम कट्वाल र पछाडी सवार जि.झापा हल्दिवारी गा.पा.१ बस्ने अ.बर्ष ४० को दुर्गा थापा दुवै को नमस्ते अस्पताल दमक मा उपचार भईरहेको ,स्कुटी चालक जि.झापा दमक न.पा.४ बस्ने अ.बर्ष २५ को अजित सुनुवार लाई उपचार को लागी आम्दा अस्पताल तर्फ पठाएको दुवै सवारी साधन ई.प्र.का.दमक को नियन्त्रणमा ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिति २०७६।७।२४। गते अ. ११:४० बजे जि.झापा दमक न.पा. ५ क्याम्पसमोड स्थितमा पस्चिम बाट पुर्ब तर्फ आउदै गरेको को.२९ प. ६७८३ नं. को मो.सा. ले पैदल यात्री जि. झापा दमक न.पा. ५ बस्ने बर्ष १९ की बिना राई लाई ठककर दिई दुर्घटना हुँदा इ.प्र.का.दमकबाट तत्काल QRT मो.सा. टोली खटी गई घाईते लाई उपचारार्थ लाईफ लाईन अस्पताल दमक तर्फ पठाईएको , मो.सा. चालक जि. मोरङ उर्लाबारी न.पा. ८ बस्ने बर्ष २० को राजु राई, पछाडी सवार ऐ .ऐ. बस्ने बर्ष ३० की मनिषा राई र मो.सा. ई.प्र.का. दमकको नियन्त्रणमा , पैदल यात्री लाई थप उपचारको लागी बिराटनगर न्युरो रिफर भएको ।