काठमाडौं, १३ वैशाख । चर्को शुल्क वृद्धि गरेका निजि विद्यालयहरुमा तालाबन्दी गर्नका लागि संयुक्त विद्यार्थी संगठनले सूची तयार पारेका छन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङकानुसार १ सय ५० निजि विद्यालयहरुको सुची तयार पारिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका १ सय ५० निजि विद्यालयहरुले चर्को शुल्क लिएको र घटाउन बारम्बार आग्रह गरेपनि अटेर गरेकाले लेखा र प्रशासन शाखामा तालाबन्दी गर्न लागिएको तामाङले खबरडबलीलाई बताए । तामाङका अनुसार देशभर चर्को शुल्क वृद्धि गर्ने विद्यालयहरुमा आज तालाबन्दी गर्ने कार्यक्रम रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस, एमाले, माओवादी केन्द्र, माले, जनमोर्चालगायत दल निकट विद्यार्थी संगठनहरुले चर्को शुल्क विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । अहिले सयुक्त विद्यार्थी संगठन बनाएर चर्को शुल्क बिरुद्ध आन्दोलन चर्काइरहेका छन् । तालाबन्दीका लागि १५/१५ जनाको टीम बनाइएकाे छ ।

सयुक्त विद्यार्थी संगठनले शुल्क खारेजीको लागि तीन दिनको अल्टिमेटम दिएका थियौं तर, सुनुवाई नभएपछि तालाबन्दी लगायतका कार्यक्रम गरेका हौं,’ अखिल क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले भने, ‘शुल्क फिर्ता नभए अझै कडा आन्दोलन गर्छौं ।’

सररकारको तोकेको सिलिङ र सर्वोच्च अदालतले दिएको आदेश विपरीत शुल्क बढाएको उनीहरुले बताएका छन् ।

हिजो मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि धर्ना दिएका उक्त संगठनहरुले बिहीबार प्याब्सन र एनप्याब्सनको कार्यालयमा पनि तालाबन्दी गर्ने कार्यक्रम राखेका छन् ।

निजि विद्यालयसँग चन्दा नलिने निर्णय

सयुक्त विद्यार्थी संगठनले बुधबार विहान बसेको बैठकले निजि विद्यालयसाग चन्दा नलिने निर्णय गरेका छन् । ‘कोहि संगठन चन्दा माग्न गएको खण्डमा हामी कारवाहि गर्छौं’ उपाध्यक्ष तामाङले खबरडबलीसँग भने ‘ यदिन विद्यार्थी संगठनको नाममा चन्दा माग्न गए प्रहरीलाई खबर गरिदिनुहुन अनुरोध गर्छौ ।’

त्यस्तै केहि दिनअघि मुस्ताङमा भएको दुर्घटनाको घाईतेलाई उपचार गर्न नमान्ने पोखराको मनिपाल मेडिकल कलेजको लाइसेन्स खारेज गर्न पनि माग गरेको छ । दुर्घटनाका घाईतेलाई चाडो उपचार गराउनुपर्ने झन पीडा दिएको भन्दै लाइसेन्स खारेजीको माग गरेको हो ।

-खबरडबली