१३ वैशाख । सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको बैठक निष्कर्ष विहिन टुंगिएको छ । मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउन सरकारले गरेको निर्णयप्रति एमालेले अडान नछाडेको कारण बैठक सफल हुन नसकेको हो ।
प्रधानमन्त्री प्रचण्डको आव्हानमा बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले संविधान संशोधन र स्थानीय निर्वाचनबारे एमालेले अडान नछाडेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । बैठकमा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका नेताहरु बैठकमा सहभागि थिए ।



