प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिल्लीमा उपचार गराउन भारती प्रधानमन्त्री मोदीले प्रस्ताव गरेको बुझिएको छ ।

ओलीको स्वास्थ्य अवस्थाका बारेमा छिमेकी देशका नेताहरुलेसमेत चासो दिँदै आएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोदीले यसअघि प्रधानमन्त्री ओलीलाई विदेशमन्त्री एस जयशंकरमार्फत उपचारका लागि दिल्ली आउन प्रस्ताव गरेका हुन् ।

भारतको विदेशमन्त्री नियुक्त भएपछि जयशंकर तीन महिनाअघि नेपाल आएका थिए । प्रधानमन्त्री ओलीले १२ वर्षअघि दिल्लीको एपोलो हस्पिटलमा मृर्गौला प्रत्यारोपण गरेका थिए ।

तर, चार वर्षअघि संविधान जारी गरिएका बेला दिल्लीको चासोलाई अस्वीकार गरेपछि दिल्लीसंग सम्बन्ध विग्रिदा ओली फलोअपको लागि भारत गएका छैनन् ।

ओली नजिकै दिल्लीमा जानुभन्दा पनि सिंगापुरलगायतका अन्य देश गइरहेका छन् ।काठमाण्डु टुडे