१३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रवादी नेता मनमोहन अधिकारीको पार्टी एमाले मुलुकमा हुँदाहुदै चुनाव हुन नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् ।

बुधबार १८ अौं महनमोहन स्मृति दिवसका अवसरमा ललितपुरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले भने, ‘जनताका अधिकार स्थापित गर्न चुनाव चाहियो भन्ने पार्टी एमाले हो, तर, एमालेले चुनाव चाहियो भन्दा चुनाव भाँड्दैछ भनेर आरोप लगाउन थालेका छन् यो आरोप आरोपमै सिमित हुन्छ भन्ने समेत बुझ्दैनन् ।’

अध्यक्ष ओलीले एक फरक प्रसंगमा ११ जिल्लामा जनसंख्याका आधारमा स्थानीय तह थप्ने सरकारको तयारी षड्यन्त्रपूर्वक भएको बताए । ओलीले भने, ‘प्रधानमन्त्री प्रचण्डले म सँगको कुराकानीमा चुनावपछि सल्लाह गरेर त्यस विषयमा छलफल गर्न सकिने भनेपनि एकलौटी ढंगले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिठि लेखेर पठाइसकेको भन्ने कुरा आएको छ । यदि त्यसो हो भने एमाले त्यस्तो षड्यन्त्र पुरा गर्न दिँदैन ।’

ओलीले जनसंख्याका आधारमा स्थानीय तह थप्दा आफ्नो गृह जिल्ला झपामा ३५ तह, मोरङमा ४० र काठमाडौंमा त्यो भन्दा बढि हुने टिप्पणी समेत गरे ।

-Sajhapost

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah