नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एउटा सनसनीपूर्ण खुलासा गरेका छन् । रावले भारतको इशारामा संविधान ध्वस्त पार्ने र नेपालीलाई अल्पमतमा पारी देश टुक्र्याउने चक्रब्युह रचिएको गम्भीर खुलासा गरेका हुन ।

‘सत्ताधारी दल माओवादी केन्द्र, कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरी वर्तमान संविधान कार्यान्वयन हुन नदिने र संविधान ध्वस्त पार्ने षडयन्त्र भइरहेको छ,’ उपाध्यक्ष रावलले भने ‘निर्वाचनको वातावरण बनिसकेको स्थितिमा निर्वाचन बिथोल्न गरि भारतको इशारामा राष्ट्रहित विपरीतका संशोधन ल्याएर संविधान ध्वस्त पार्ने प्रयास सुरु भएको छ । धनगढीमा रावलले भने, ‘संविधान वन्ने बित्तिकै नाकावन्दी लगाएर संविधान असफल पार्ने प्रयास गरेको विदेशी शक्तिको इच्छापूर्ति गर्न अहिले सत्ताधारी दलहरु लागि परेका छन् ।’

संविधानले जनतालाई दिएका अधिकार कटौती गर्ने , जनसंख्याको आधार भन्दै स्थानीय तह अवैज्ञानिक, अराजनैतिक र अनैतिक रुपमा थप्ने, नेपालीलाई अल्पमतमा पारी विदेशी हावी हुनेगरी नागरिकता दिने जस्ता गम्भीर राष्ट्रबिरोधी काम सत्ता गठवन्धन गरिरहेको रावलले आरोप लगाए ।

‘जनसंख्याको कुरा गर्ने हो भने २ नम्बर प्रदेश तेस्रो स्थानमा छ तर पहिलो नम्बरमा भएका प्रदेको कुरै नगरी अरुको इशारामा स्थानीय तह थप्ने गरि संशोधन ल्याएका छ ।

नेकपा एमाले यस्तो राष्ट्रघाती काम हुन दिने छैन,’ रावलले भने, ‘यस्ता राष्ट्र विरोधी गतिविधि रोक्न जस्तोसुकै कदम चाल्न पनि एमाले तयार रहेको छ ।’

स्थानीय तह निर्वाचन हुनेमा धेरै आशंका जन्मिएका छन् रावलले सञ्चारकर्मीको जिज्ञासामा भने, ‘माओवादी केन्द्र र कांग्रेस नै निर्वाचन हुन नदिने षडयन्त्रमा लागेका छन् ।’

निर्वाचनका सबै तयारी पुरा भइसकेपछि एकाएक सहमतिका नाममा संशोधनको अनावश्यक मुद्दा ल्याएर निर्वाचन हुन नदिने षडयन्त्र गरिएको उनले बताए ।

निर्वाचन हुन नदिने र माघ ७ पछि रिक्तता निम्त्याएर अहिले सम्मका सबै उपलब्धी समाप्त गर्ने विदेशी षडयन्त्रको हिस्सा बनेर सत्ताधारी दलहरु काम गरिरहेको पनि उनले बताए । ‘निर्वाचन हुन सकेन भने के हुन्छ ?’, सञ्चारकर्मीको जिज्ञासामा उनले भने,‘अहिले त्यो कल्पना भन्दा बाहिरको कुरा हो ।’ यदि यस्तो स्थिति आयो भने देशका लागि त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah