कुनै पनि काममा अवरोध आए वा गर्न लागेको काम बिग्रन लाग्यो भने शनिदेवको पूजा आराधना गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
शनिदेव प्रसन्न भएमा बिग्रन लागेको काम पनि सम्पन्न हुने र सफलता प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । शास्त्रका अनुसार शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन् ।
यस्तो छ शनिदेवको पूजा विधि :
शनिवारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ मिल्नेछ ।
कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुपर्छ ।
पश्चिम दिशामा प्राणायाम गर्नुपर्छ ।
लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्ने ।
आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्राथना गर्ने ।
शनिदेवको पूजा सधैं सफा कपडा पहिरिएर चोखो भएर गर्ने ।




