दमक/ दमकका सामाजिक तथा ब्यवसायीक युवा रबि केसीले लिए नयाँ जिम्मेवारी लिएकाछन् । अन्तराष्ट्रिय सञ्जाल भएको सामाजिक संस्था किवानिस इन्टरनेशनल क्लब अफ दमकको संस्थापक अध्यक्षको जिम्मेवारी लिएकाहुन् ।

शनिबार एक कार्यक्रमबीच यसको पदस्थापन भएको छ । इलेक्टेड अध्यक्षमा शशीराज विष्ट , उपाध्यक्षमा गोविन्दराज कट्टेल र कोशाध्यक्षमा रमा लिम्बुले जिम्मेवारी पाएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष केसी दमकमा युवाहरुमाझ लोकप्रीय ब्यवसायी मानिन्छन् । उनि सहकारीकर्मी पनि हुन् । उनले सामाजिक काममा सधै अग्रसर रहने प्रतिबद्धता जनाएकाछन् ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लवले सामुदायिक विद्यालयका बिद्यार्थीको अभिभावकत्व ग्रहण तथा बिद्यालय सामाग्रि वितरणको समेत घोषणा गरेको छ ।

डिस्ट्रिक्ट गभर्नर सुरज श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाइ लगायतले सहकार्य गरेर काम गर्ने सो अवसरमा प्रतिबद्धतता जनाएका थिए ।