दमक/ सुनौलो अभियान नेपाल दमक झापाले जीवन रुपाण्तरण सम्बन्धि एक दिवशिय कार्यक्रम सम्पन्न गरेको छ । यस सम्बन्धिका राष्ट्रिय प्रशिक्षक राजु घलेले जीबन रुपाण्तरणको बिषयमा सहजीकरण गरेका थिए ।
दमक नगरपालिका नगर प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य र उपप्रमुख गीता अधिकारीको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा दमकका ७० भन्दा बढिको सहभागिता रहेको जनाईएकोछ ।










