दमक / दमक पब्लिक लाइब्रेरी दमकले दुई दिवसीय सस्थागत बिकास तथा नेतृत्व बिकास सम्बन्धि दुइ दिवसिय प्रशिक्षण कार्यक्रम गरेको छ । मोरङको लेटाङमा रहेको कृषि बिकास बैकको तालिम केन्द्रमा दमक पब्लिक लाइब्रेरीका बोर्ड टिम युथ टिम र बाल क्लबका ७५ जना ब्यक्तिको सहभागिता रहेको थियो ।

लाइब्रेरी थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजाने बिषय र शाखा बिस्तारमा तथा पठन सस्कृतिको बिकासलाई बढाउने बिषयमा छलफल सहित योजना तयार भएको पब्लिक लाईब्रेरीका अध्यक्ष भेषराज न्यौपानेले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लाइब्रेरीका सस्थापक अध्यक्ष भेषराज न्यौपाने उपाध्यक्ष जीवन सापकोटा सचिब हरि सिटौला कोषाध्यक्ष देबेन्द्र प्रसाईं र सदस्यहरु प्रकाश अधिकारी, भरत चौलागाई र युथ टिमका पुर्व अध्यक्ष दधिराम ढकालले सहजीकरण गरेका थिए ।