दमक/ लायन्स क्लव अफ दमक स्विट सिटीले दुर्घटना न्यूनिकरणका लागि भब्य रुपमा सचेतना र्याली निकालेको छ । इलाका ट्राफिक कार्यालय दमकको सहयोगमा क्लवले र्याली निकालेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्लवका अध्यक्ष खेम सापकोटाका अनुसार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको समेत उपस्थितिमा र्यालीले दमक बजार परिक्रमा गरेको थियो । र्यालीमा बिभिन्न प्लेकार्ड सहित बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।