काठमाडौं/ भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आइपुगेका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत प्रसिद्ध क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नेपालले बालअधिकारको प्रबर्द्धनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको जनाएका छन् । सचिनले शनिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए । बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो । सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए ।