सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बैठक अपरान्ह साढे चार बजे शुरू भएको थियो । बैठकमा पार्टी एकताका बाँकी कामसँगै स्थायी कमिटी बैठक बोलाउने सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।
बैठकमा रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने सहभागी छैनन् ।
युएईका प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उपप्रधानमन्त्री पोखरेल शनिबार युएई भ्रमणमा छन् ।









