तेजबहादुर बन

इटहरी/ रानी–किमाथाङ व्यापारिक मार्ग बिस्तार आयोजनाको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण इटहरी आइपुग्दा फरक मापदण्डको बिषयमा पुन बिवाद सुरू भएको छ । आयोजनाको इञ्जिनियरले मापदण्डमा कुनै मतभेद नभएको जिकिर गरेपनि स्थानीयहरू यो कुरा मान्न तयार छैनन् । तरहरा र इटहरीको सडक निर्माणमा आयोजनाले मापदण्डमा घटबढ गरेर काम गरेको आरोप लगाउदै आएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लामो समयपछि इटहरीमा बिवादको चुरो फुकेर काम सुरू भएको ६ लेन सडक बिस्तार कार्यक्रमले पहिलो गासमै ढुंगा भनेजस्तो पुर्णता नपाउद फेरी बिवाद उत्पन्न भएको हाे । तरहराको मापदण्ड संग इटहरीको मापदण्ड नमिलेको स्थानीयहरूको भनाइ छ ।

तरहरामा ८२ फिट र इटहरीमा ६५ फिट मात्रै कायम गरेर सडक बिस्तार भइरहेको भन्ने स्थानीयले आरोप लगाएका छन् । हालै गठित भेदभाव रहित समान मापदण्डको सडक निमार्णको निम्ति संघर्ष समितिले त तत्काल काम बन्द गर्न इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरी समक्ष ज्ञापनपत्र नै पेस गरिसकेकाे छ । संघर्ष समितिका संयाेजक मदन चुडालकाे उपस्थितिमा हस्ताक्षरीत उक्त ज्ञापन पत्र अनुसार बिवाद साम्य नभएसम्म काम राेक्न माग पनि गरेकाे छ ।

samitiइटहरी उपमहानगरको सभाहलमा बिवाद साम्य पार्न केहि दिन अघाडी पनि नागरिक समाज इटहरीले छलफल सम्पन्न गरेको थियाे । छलफलले बजारमा नकरात्मक हल्ला फैलाइएको निस्कर्ष निकालेको थियो । इटहरी उपमहानगरको सभाहलमा सम्पन्न छलफलले इटहरी र तरहरामा बनेको राजमार्गको मापदण्ड एकैनासको रहेको निषकर्ष निकालेको थीयाे । छलफलमा सडक निर्माण आयोजनाका इञ्जिनियर रमेशकुमार गोइतले तरहरामा राजमार्गबाट दुवै तर्फ लागु हुने गरी २०÷२० मिटर मापन गरेर सडक निर्माण गरेको र सोहि मापदण्ड अनुसार नै इटहरीमा पनि काम सुरू गरेको दावि गरी सकेका छन । बजारमा फैलिएको हल्ला अनुसार इटहरीमा ६५ र तरहरामा ८२ फुट भन्ने कुरा गलत रहेको इञ्जिनियर गोइतको दाबि छ ।

कानुनले के भन्छ ? सरकारले ताेकेकाे सडक क्षेत्रधिकार भित्र यदि कसैले भाैतिक संरचना तथा निजि ब्यापारीक कम्प्लेक्स वा भवन बनाउछन भने त्याे जुनसुकै बेला पनि भत्किन सक्छ । सरकारले त्यसलाइ अाफ्नाे स्वामित्वमा ल्याएरै छाेडछ तसर्थ इटहरीकाे मुख्य राजमार्गमा बनेका भवनहरूकाे पनि अवस्था उहि नै हाे ।

अाज केहि नभएपनि भाेलिकाे दिनमा सरकारले अाफ्नाे सडकक्षेत्र अधिकार कायम गर्दै जतिबेला पनि भत्काउन सक्छ । ताेकिएकाे मापदण्ड अनुसार हेर्ने हाे भने अहिले इटहरीकाे सडक दुवै तर्फ लागुहुनेगरी २० , २० मिटर कायम गरि मर्मत हुदै अाएकाे छ जुन मापदण्ड भन्दा फरक पाइन्छ सरकारले चाहेकाे खण्डमा बाकिकाे ११ मिटर कुनै पनि बेला भत्काउन वा प्रयाेगमा ल्याउन सक्छ ।

kanun तत्कालिन श्री ५ को सरकारले २०३१ सालमा सडक मापदण्ड तोक्दा मुख्य राजमार्गबाट सडकको केन्द्र रेखादेखि दाया बाया दुवै तर्फ कायम हुनेगरी ३१ मिटर छाडेर भौतिक संरचना तथा बस्ती , भवनहरू निर्माण गरिनुपर्ने प्रस्टसंग राजपत्रमै उल्लेख गरिएको छ ।

२०३१ मा बनेको कानुन २०३५ सालबाट लागु हुनेगरी राजपत्रमा प्रकासन गरिएको थियो । उक्त मापदण्ड अनुसार नभए वा कानुन नमाने उचित दण्ड जरिवानाको समेत ब्वयस्था त्यो बेला कायम गरिएको थियो । सोहि कानुनलाइ नै आधार मानेर अहिले सम्म अर्काे सडक मापदण्ड नतोकिएको खण्डमा त्यहि नै कार्यानवयन हुदै आएको छ ।

यसरी सरासर हेर्ने हो भने २०४६ साल यता इटहरीको मुख्य राजमार्ग ओगटेर मात्रै सयौको संख्यामा ब्यापारीक भवनहरू बनेका छन् । अधिकांसले नक्सा समेत पास गरेका छैनन जुन कानु अनुसार गलत ठहरिन्छन् । कानुन मिचेर भवन तथा संरचना निर्माण गर्दा पनि त्यस्तालाइ कुनै कार्वा्हि हुदैन भने त्यहा पैसा र राजनीतिक दलको आडमा पहुचवालाको चलखेल भएको सर्वसाधारणको बुझाई छ ।

मापदण्ड लागु नै भएन D 2सरकारले बहुमुखि याेजना अघि त सार्याे तर नीति नियममा भेदभाव भने जस्तै कते ८२ त कतै ६५ र कतै ५५ र ५२ फिटमा कायम गरि सडक मर्मत कार्यलाइ अघि बढायाे फल स्वरूप इटहरी अाइपुग्दा यहि समस्या दाेहाेरीयाे । रानीदेखि बिराटनगर अाइनपुग्दै सडककाे मापदण्ड बिचमै खुम्च्याइयाे कतै ६५ त कतै ८२ बनाइयाे । एक त घना मानव वस्ति र बाक्लाे बजार बिच राजमार्ग बिस्तार बिवादमा तानियाे भने ताेकेकाे मापदण्ड कतै लागु भएन तसर्थ बिवाद झन बढयाे ।

सडक बिस्तारले जति अग्रता लियाे त्यति नै बिवाद बढेकाे बढेइ भयाे त्यसमा पनि स्थानीय सरकार , प्रदेश सरकार र संघिय सरकार अा अाफ्नै तालमा लागिदिए । मुख्य जिम्मेवार सडक डिभिजनमा थुप्रीयाे र निर्णयमा मत बाझियाे अहिले जे देखिदैछ याे त्यसैकाे परिणाम हाे भन्न सकिन्छ ।

जहादेखि सुरू गरिएकाे थियाे त्यहि नै मापदण्ड लागु नभएपछि अन्य स्थानमा पनि यहि नियम लागु हुदै गयाे अन्तत इटहरी अाइपुग्दा ६५ फिट कायम गरियाे । माप दण्ड अनुसारकाे सडक कतै निर्माढ भएका छैनन खनारमा ५५ दुहबिमा ५२ फिट (यसलाइ अझै संसाेधन गरिने) भएकाे छ । यता इटहरी धरान ६५ फिट कायम गरिएपनि बिराटनगर राेड भने ५५ फिट मात्रै कायम गरिएकाे छ ।

दुर्घटना बढायाे रानी–विराटनगर हुँदै किमाथाङका जोड्ने ६ लेन सडकको काम तोकिएको समयमा पुरा नहुँदा दुर्घटना बढ्दै गएको छ । दिनको सयौ यात्रु आवतजावत गर्ने सडकको अवस्था दयानिय बन्दै गएको भन्दै ६ लेन सडकलाई ब्यवस्थित गर्नु पर्ने स्थानीयले माग गरेका छन् । एकातिर ६ लेन सडक बिस्तारले इटहरीको भविस्य उज्वल र बिकासमा फडको मार्दै गएको छ भने बिकास संग संगै दुर्घटना र जोखिम पनि उत्तिकै बढाउने देखिएको छ । सडक बिस्तारका क्रममा भएका खाल्डाखुल्डिहरू अर्को समस्या बनेर खडा भएका छन ।

यहि सडक बिस्तारकै क्रममा भएका खाल्डोमा परेर इटहरीमा ३ जनाले ज्यान गुमाइसकेका छन भने दर्जन बढी घाइते बनिसकेका छन । यसरी नै खाल्डो बनाउदै जाने तर ब्यवस्थापन चै नगर्ने हो भने भोली धेरै संख्यामा धनजनको क्षति हुने अवस्य देखिन्छ । यो बिषयमा स्थानीय सरकार लगायत इटहरीका सम्बन्धित निकायको ध्यान जाओस भन्ने आम नागरिकको माग छ ।

३ महिना भित्रमा इटहरी पहिलेकै अवस्थामा फर्कन्छ – अध्यक्ष पाैडेल vimयसै विच उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले आगामि ३ महिना भित्रै इटहरीको बजार क्षेत्र पिच भइसक्ने बताउनुभएको छ । सडक निर्माण योजनाका इञ्जिनियरहरू संग बसेर छलफल गरेपछि पटक पटकको दबाबमा इटहरीलाइ ब्यवस्थित बनाउने काम सुरू भएको पौडेल बताउनुहुन्छ । अबको ३ महिना भित्र इटहरी क्षेत्रका राजमार्ग पिच गरिसक्न सडक निर्माणका इञ्जिनियरहरूलाइ आग्रह गरिसके अनुरूप काम पनि तिब्र गतिमा भइरहेको अध्यक्ष पौडेलको भनाइ छ ।

इटहरी सोचे भन्दा चौगुणा बिकास हुनु स्वोभाविक हो तर अघाडी नै देखिएका समस्याहरू हल नगरी अर्को समस्या थुपारीदिनु गैर न्यायिक मान्नुपर्छ । आफ्नो सहर बिकास भएको कस्लाइ हेर्न रहर हुदैन र यद्पी बिकास गर्नुअघि दिर्घकालिन समस्याहरू हल हुन आवस्यक हुन्छ । एक पछि अर्को बिकास गर्दै जादा भोलिको दिनमा इटहरीले कस्तो बिनास निम्त्याउछ त्यो यहा हेरीएको छैन ।

पार्किङ समस्या इटहरी धरान राजमार्ग ६ लेनको बनाइनु सरहानीय काम हो । यो गौरवको योजना पनि हो ।यसका कसैले रोकटोक गर्नुपनि हुदैन तर इटहरीले बिगतको बर्ष देखि नै भोग्दै आएको पार्किङ समस्या हलै नगरी भएका स्थानहरू पनि सुरूमै भत्काउन थालेपछि भोलि पार्किङ चै कहा गर्ने ?

यो बिषय अहिले मुख्य समस्या देखिन्छ । पहिला पार्किङ समस्या सामधान नगरी बिकास भन्दै भएका संरचना धमाधम भत्काइदा भोलि इटहरीमा कत्रो दुर्घटना हुन्छ यसको जिम्मेवार कस्ले लिन्छ ? सडक बिस्तारको क्रममा प्रतिष्ठित गोरखा डिपार्टमेन्ट स्टोरको पुरै आँगन भत्काइदैछ त्यस्तै ठुला ब्यापारीक भवनहरूको पनि अघाडीको भागहरू भत्काइने भएपछि भोली इटहरी लगायत बाहिरबाट आउने पाहुनाहरूले आफ्नो सवारी पार्किङ कहाँ गर्ने यो अबको जटिल समस्या बन्ने देखिएको छ ।

पार्किङ अभावले भएका राजमार्ग समेत सवारीले ढाक्ने अवस्था छ त्यसमा पनि दैनिक जामले इटहरी अस्तब्यस्त हुनेगरेको छ । अब यसका पनि ब्यापारीक भवन संगै अघाडीको भाग भत्काइदा पार्किङले ठुलो समस्या निम्त्याइ दैनिक दुर्घटनाको जोखिम समेत बढने खतरा देखिएको छ । प्रदेश दर्पण बाट साभार