१४ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकता सहज नभएको बताएका छन् । बिहिवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, नयाँ शक्ति पार्टी नेपालसँग ‘विचार, सिद्धान्त मिल्यो भने पार्टी एकता हुन्छ, तर पार्टी एकता भनेको मकै, भटमास र गहुँ मिसाएजस्तो होईन नि ? विचार मिल्यो भने एकता हुन्छ।’

त्यस्तै उनले नवगठित राजपा नेपालले पनि चुनाव चिन्ह माग आफूहरु दिन तयार रहेको बताए । उनले भने,‘उहाँहरुले माग्नुभयो भने हामी दिन्छौं, तर नमागि कसरी दिने ?’

उनले भने,‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो, यसलाई पारित गर्नुपर्छ, यही बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

यादवले सत्तारुढ र आफूहरुवीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए । उनले भने,‘सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गैसकेको छ, यसको सैद्धान्द्धिक छलफल सुरु भैसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।’

नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनैपनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने,‘प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन् गरेका छौं, यदि प्रस्तवा पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिवेला निर्वाचन नहुन सक्छ।’ यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।

अध्यक्ष यादवले निर्वाचनको तयारी तिव्र भैरहेको अवस्थामा तराई र पहाडमा जनताहरु भोटर्स रेजिष्ट्रेशनबाट बञ्चित भएको गुनासो पोखे । उनले भने,‘जनतालाई भोट हाल्ने यो अवसरबाट बञ्चित गराउनुहुँदैनथ्यो।’ उनले आफ्नो पार्टीले देशभरिका ७४४ वटै युनिटमा उम्मेद्धवारी दिने स्पष्ट पारे ।

यादवले सरकारले बेईमानी गरे जुनसुकै बेला आन्दोलनमा जान आफ्नो पार्टी र जनता तयार रहेको समेत जिकिर गरे । उनले भने,‘किनकी यो सरकारले जहिलेपनि ढाँट्ने र ठग्ने काम गरेको छ, दोहोरो चरित्र देखाउने गरेको छ, एउटा चरित्र त हिजै देखियो नि, स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिएको देखियो ।’

त्यस्तै उनले मुस्लिम समूदायको रमजान पर्व पर्ने भएकोले चुनावको मिति सारेर भएपनि एकै चरणमा निर्वाचन गर्दा राम्रो हुनेतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘धार्मिक आस्थालाई पनि ख्याल गर्नुपर्छ, चुनावको मुखमा उहाँहरुको रमजान पर्व छ, यसमा राज्य गम्भिर बन्नुपर्छ ।’

उनले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल र आफ्नो पार्टीवीच तराईमा सहकार्य हुने स्पष्ट पारे । उनले भने,‘हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, गर्न सकिन्छ, अरुसँगपनि तालमेल गर्न सकिन्छ।’ त्यस्तै उनले आयोगमा दर्ता भएको दलहरुलाई चुनाव चिन्ह दिएपनि निर्वाचनमा प्रयोग गर्न नदिनु गलत भएको टिप्पणी गरे ।

उनले भने,‘कि त दल दर्ता नै गर्न नदिनु रु दल दर्तां भएपछि चुनाव चिन्ह दिनुपर्छ ।’ यादवले डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीलाई आफ्नो पार्टीको चुनाव चिन्ह मसाल दिने समझदारी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah