बेलबारी । नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पुयाधुरालगायतको सिमाना अतिक्रमणको विरोधमा मोरङको बेलबारीमा विरोध प्रदर्शन गरिएको छ । लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया जस्ता नारा लगाउँदै प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नाराबाजी गरेका थिए । पुरानो बेलबारीबाट निस्किएको जुलुस लालभित्तीमा पुगेर बेलबारी चोकमा कोणसभा भएको थियो । बेलबारीवासीको तर्फबाट गरिएको विरोध प्रदर्शनको संयोजन युवा जागरण नेपाल बेलबारीले गरेको थियो ।
कोणसभालाई युवा नेता पारुण क्षेत्री, उद्योग वाणिज्य सङ्घका अध्यक्ष योगेन्द्र सुवेदी, नेपाली काँग्रेसका नगेन्द्र कट्टेल, समाजवादी पार्टीका अमिर मगरले सम्बोधन गरेका थिए । वक्ताहरूले यस्तो परिस्थितिमा सरकार लगायत प्रतिपक्षी सबै दलहरू एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बेलबारीका विद्यालयका विद्यार्थी लगायत विभिन्न संघसंस्थको उपस्थिति रहेको थियो । कोणसभाको अभियानका अध्यक्ष सुजित बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । ब्लाष्टखबरबाट










