नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको २ वर्ष पूरा भएको छ । आजैका दिन अर्थात् २०७४ साल मंसिर ३ गते लाजिम्पाटस्थित तत्कालीन निवासमै प्रकाशको निधन भएको थियो । दोस्रो स्मृति दिवसमा प्रकाशलाई उनका दिदीहरू रेणु दाहाल र गंगा दाहालले फेसबूकमार्फत् सम्झिएका छन् ।

'बाबु कसरी लेखुँ तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छाडेका जिम्मेवारी पूरा गर्ने कोशिश गर्दैछु बाबु । 😭😭 Miss you every second 😭Rest in peace❤️ 😭💐' प्रचण्डकी कान्छी छोरी गंगा दाहालले फेसबूकमा लेखेकी छन् ।
प्रकाशले सम्हाल्दै आएको प्रचण्डको सचिवालयको जिम्मेवारी हाल गंगा दाहालले सम्हाल्दै आएकी छन् । भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी प्रकाशकी माइली दिदी रेणु दाहालले पनि प्रकाशको सम्झनामा फेसबूक स्टाटस लेखेकी छन् ।
'दोस्रो स्मृति दिवस भावपूर्ण श्रद्धाञ्जली बाबु । Miss you babu !' रेणुले फेसबूकमा लेखेकी छन् । प्रचण्डका चार छोराछोरीमध्ये जेठी छोरी ज्ञानु दाहालको पनि निधन भइसकेको छ । लोकान्तर बाट साभार गरिएको









