मुलुक अग्रगामी परिवर्तनको बाटोमा हिँडिरहेको छ । संविधान कार्यान्वयनक्रममा सात प्रदेश घोषणासहित निर्वाचनको तयारी भइरहेको छ । तर नेकपा मालेले भने पुरानै पाँच विकास क्षेत्रलाई प्रदेश घोषणा गरिनु पर्ने मागसहित पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।

मालेले बिहीबार गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रत्येक प्रदेशको सीमाना चीन र भारतसँग जोडिने गरी पाँचवटा विकास क्षेत्रलाई नै संघीय नेपालका पाँच प्रदेश बनाउन माग गरेको हो । उसले प्रस्ताव गरेको नयाँ प्रदेशमा सीमा भने भारत र चीन दुवैसँग जोडिनु पर्ने प्रस्ताव गरेको छ ।

यस्तै, मालेले छलछाम गरेर हुने धर्म परिवर्तन पनि दण्डनीय हुनुपर्ने प्रस्ताव गरेको छ । ‘वैदेशिक रोजगारीमा गएका युवाको आयको केही प्रतिशत लगानीले नेपालमै उद्योग सञ्चालन गरी त्यसमा उनीहरुका परिवारलाई रोजगारी दिएर राज्यको पूँजीलाई बढीभन्दा बढी स्थानीय निकायमा परिचालन गरिनुपर्छ,’ मालेको घोषणापत्रमा भनिएको छ, ‘विभिन्न मुलुकबाट नेपालमा आएर बसेका नागरिकलाई विशेष अनुगमनपछि मात्र नागरिकता दिइनुपर्छ, छानबिन हुनुपर्छ ।’

घोषणापत्र सार्वजनिक कार्यक्रममा महासचिव सीपी मैनालीले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा जनताले सक्रिय सहभागिता जनाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah