काठमाडौँ, १४ वैशाख । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले आफ्नो दलले पूर्वाधार विकासका साथ आर्थिक विकासको गतिविधि बढाई नेपालीको प्रतिव्यक्ति आय दुई हजार डलर पु¥याइने. जिकिर गर्नुभएको छ । स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको राष्ट्रिय प्रचार भेलाको दोस्रो सत्रमा उहाँले संविधानमा उल्लेख भएको समाजवाद उन्मुख अर्थतन्त्र प्राप्तिका लागि मुलुकमा पाउन सम्भावना भएका युरेनियम(मुस्ता¬ङ), पेट्रोलियम पदार्थ(दैलेख), फलामखानी(नवलपरासी), बहुमूल्य पत्थर लगायत स्रोत साधनको बहुत उपयोग गरिने बताउनुभयो । सो अवसरमा महासचिव ईश्वर पोखरेलले आफ्नो पार्टीलाई बाहिर राखेर संविधानमा सर्वस्वीकार्य हुन नसक्ने बताउँदै विधि र प्रक्रियाबाट बनेको संविधान समयसापेक्ष परिमार्जित हुँदै जाने विचार व्यक्त गर्नुभयो । दीर्घकालमा हिन्दी भाषालाई सरकारी काम कारबाहीको भाषाका रुपमा महत्व दिनका लागि अहिलेदेखि नै गृहकार्य भइरहेको आरोप पनि उहाँले लगाउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्थानीय तहको निर्वाचनमा मिडिया परिचालनसम्बन्धी अवधारणा प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न सक्दो उपयोग गरिने बताउनुभयो । कार्यक्रममा देशभरबाट करिब तीन सय प्रतिनिधिको सहभागिता थियो । रासस
प्रतिव्यक्ति आय दुई हजार डलर पु¥याइने

सवाल नेपालसंवाददाताबिहीबार, १३ वैशाख २०७४

प्रतिव्यक्ति आय दुई हजार डलर पु¥याइने
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


