दमक/बलात्कृत बनेर आमा बन्न पुगेकी भोजपुरकी एक सुष्त मनिष्थिति भएकी युवती र उनले जन्म दिएको बच्चाको गोबरगोठबाट उद्धार पछि भरणपोषणका लागि सहयोग जुट्न थालेको छ । बेलायमा रहेका राष्ट्र राइले उक्त सत्केरी महिला र बच्चालाइ सहयोग जुटाउन फेसबुकमा राखेको एउटा पेन्टिङ ५० हजारमा बिक्रि भएको छ । अष्ट्रेलियामा रहेका समिर बेघा र अविना चोम्बाङले उक्त पेन्टिङ ५० हजारमा खरिद गरेकाहुन् ।

सवाल नेपाल अनलाइन डिजिटल पत्रिका र सवाल नेपाल अनलाइन टिभिको खोजपूर्ण समचारपछि मुगाधन कृष्णकुमारी राइ स्मृती प्रतिष्ठानले दमक ९ मा गोबरगोठमा बस्दै आएका सुत्केरी महिला सहित बच्चाको उद्धार गरेको थियो । हाल सुत्केरी र बच्चालाइ प्रतिष्ठानको कार्यालयमा राखिएको छ । बेलायमा रहेका मास्टर राइका अनुसार सवाल नेपालले खोजमूलक समाचारले प्रभावित भएर आफूले आफ्नो बुबाआमाको नाममा रहेको स्मृती ट्रस्टमार्फत उद्धार र अब थप सहयोगको प्रयास भएको हो । आफूले बनाएको पेन्टिङ किन्ने बेघा र चोम्बाङलाइ धन्यवाद दिदै अरुलाइ पनि सहयोगका लागि उनले आग्रह गरेकाछन् ।

दमकको आम्दा अस्पतालले निशुल्क रुपमा आमा र बच्चाको सकुशल रुपमा उद्धार गरेको थियो । स्वास्थ्य समस्या भएमा निशुल्क रुपमा आमा र बच्चा दुबैको उपचारको बन्दोबस्त मिलाइएको आम्दा अस्पताल दमकका प्रमुख डा. नबिन ढकालले बताए । उनले बच्चालाइ आवश्यक ल्याक्टोजिन र कपडा तत्काल पनि उपलब्ध गराएका थिए ।

यसैगरि दमकका युवा ब्यवसायि ननिब अग्रवालले एक महिनाका लागि चामल सहितका बिभिन्न खाद्य सामाग्रिहरु उपलब्ध गराएका थिए । उनले खाद्य सामाग्रि लिएर पीडित बसेको ठाँउमा जाँदा गोबर गोठमा रहेको पाइएको थियो । अग्रवालले यस ठाँउबाट सुरक्षित ठाँउमा सार्नका लागि सवाल नेपालको पहल आवश्यक रहेको भन्दै आफ्नो तर्फ सहयोग रहने बताएका थिए । चाँदनी बस्नेतले बच्चा र सुत्केरी महिलालाइ आवश्यक कपडा ब्यवस्था गरेकी थिइन् ।

साँसद महेन्द्र कुमारी सुब्बा सहित सवाल नेपालको टिमले बुधबार गोबरगोठबाट सुत्केरीलाइ उद्धार गरेपछि अहिले पीडितहरुको बसाइ धेरै सहज भएको छ । अझै उनिहरुले धेरै सहयोगको खाँचो छ । बच्चाको भरणपोषण देखि भोजपुर घरमा पुर्नस्थापनासम्म सहयोग आवश्यक भएकाले सवाल नेपाल सबैलाइ सहयोगका लागि अपिल गर्दछ ।

https://www.youtube.com/watch?v=FUXrR2eE128

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah