दमक/ झापाको दमकमा लायन्स क्लव अफ स्विट सिटीले विश्व शौचालय दिवसको अवसरमा शौचालय विहिन एक बस्तिलाइ शौचालयका लागि आवश्यक सामाग्रि प्रदान गरेको छ ।
दमक ९ स्थित एक सानोृ बिपन्न बस्तिमा शौचालय नभएको थाहा पाएपछि आफुहरुले कोठामा बसेर र गोष्ठि गरेर भन्दा शौचालय बनाउने सामाग्रि दिएर यो दिवस मनाएको क्लवका अध्यक्ष खेम सापकोटाले बताए । खुला दिशामुक्त भनिएकोमा दमकमा अहिले पनि यस्तो अवस्था देखिएपछि आफुहरुले यहाँ शौचालय बनाउनका लागि स्थानीयलाइ आग्रह गरेको पनि उनको भनाइ छ ।
उक्त क्षेत्रको पहिचान क्लवका संस्थापक अध्यक्ष विश्वासकुमार काश्यपले गरेका थिए । उनका अनुसार यस वस्तिका बासिन्दा शौचका लागि नजिकको खोला तथा एकान्तमा जाने बाध्यता रहेको छ । सापकोटा, विश्वास सहित क्लवका पदाधिकारीहरु पुगेर शौचालय बनाउन चाहिने आवश्यक सामाग्रि दिएका थिए ।











