बैतडी, ४मंसिर –पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला परेका छन ।

मंगलवार स्थानीय धुरा जात्रामा मेला हेरेर आएका चन्द बुधवाबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चन्दले भने, मेला हेरेर बेलुकी ६ः०० बजे वडा अध्यक्षसित छुट्टिएका थियौं । उनी मुल बाटोबाट ८ मिटर तल लडेर टाउकोमा घाउ भएको अवस्थामा मृत आज बुधवार फेला पार्यौं ।

घटना बारे विस्तृत अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । ५७ वर्षिय चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजय भएका थिए ।