भोजपुर, मंसिर ५ / अज्ञात समूहले षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तन काटिदिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हिजो बिहान करिब ११ बजे स्थानीय खोलामा लुगाकपडा धुन गएकी ती महिलाको मकुण्डोधारी अज्ञात समूहले स्तन काटरे भागेको प्रहरी जनाएको छ । कपडा धोइरहेकी महिलालाई जबर्जस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए । घाइते महिलाको दिङ्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

भोजपुरमा नकावधारीले लुगा धुन गएकी महिलामाथि आक्रमण गरेका छन्। भोजपुर षडानन्द नगरपालिका ८ की २८ वर्षीया एक महिलाको नकावधारीले बुधबार दुबै स्तन काटिदिएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुधबार बिहान स्थानीय खकुवा खोलामा लुगा धुन गएकी ती महिलालाई नकावधारी व्यक्तिले पक्रेर स्तनको दुबै निप्पल छिनाइदिएको प्रहरीले जनाएको छ। धारिलो हतियारले निप्पल छिनिएपछि ती विवाहित महिलाको अवस्था गम्भीर छ।

सदरमुकाम दिङ्लामा उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए। दिङ्लामा ती महिलाको सामान्य उपचार गरिएको थियो। घाउ हेर्दा धारिलो छुरा वा ब्लेडले काटेको अनुमान गरिएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै मगरले जानकारी दिए।