काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा छ ।
आज (शुक्रबार) देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने देखिन्छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
शनिबारको मौसम
शनिबार दिउँसो देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली हुने तथा पहाडी भूभागका एक, दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ । शनिबार राति देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ।
आइतबारको मौसम
आइतबार देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने छ।










