झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल १० दिनपछि सञ्चालनमा आएकाे छ। मर्मतका लागि बन्द गरिएको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएकाे हाे।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको मर्मत तथा सुधारका लागि भन्दै कार्तिक २६ गतेदेखि सबै उडान तथा अवतरण बन्द गराएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१० दिन अर्थात मंसिर ५ गतेसम्म बन्द विमानस्थल आजबाट सञ्चालनमाआएको हो। विमानस्थमा नेपाल एयरलाइन्स, बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए। विमानस्थल बन्द हुँदा वायुसेवा कम्पनीहरूले आवश्यकमात्रामा विराटनगर विमानस्थलबाट थप उडान गर्दै आएका थिए।