बैतडी : मोटरसाइकलको ठक्करबाट बैतडीमा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका–३ पंसेराका ६० वर्षीया तुलसी खत्री रहेकी छन्। गोकुलेश्वरवाट गन्ना जाँदै गरेको म २ प २८२० नम्बरको मोटरसाइकले पैदल हिँडिरहेकी खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।

गोकुलेश्वर–गन्ना सडकखण्डको पंसेरामा शुक्रबार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। खत्रीलाई सुरुमा उपचारको लागि दार्चलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज रेफर गरिएको थियो। मोटरसाइकल चालक विपिन नाथ फरार छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ। फरार चालकको खोजी कार्याजारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।