दमक/दमक सुरक्षाका दृष्टिकोणबाट दिनदिनै कमजोर सावित हुँदै गएको छ । दमकको बजार तथा आसपासका क्षेत्रमा समेत दिनहुँ जसो रातैपिच्छे चोरी र लुटपाटका घट्ना भएपछि यहाँको सुरक्षा व्यवस्था कमजोर सावित हुँदै गएको हो । दमक उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष गोपाल गुरागाइँका अनुसार एक सातायता दमकका ३ वटा व्यवसायिक फर्म तथा पसलहरुमा दुले चोरीका घट्ना भएका छन् ।

बिहिबार राती दमक ६ शंखधर चोकस्थित राय पान पसलमा करीब ३५ हजार रुपैयाँ बराबरको सामान तथा दुई वटा खुत्रुके चोरीएको पीडित रमेश रायले बताउनु भयो । उहाँका अनुसार चोरले चार स्टेपका ताला तथा लक तोडेर त्यहाँ चोरी गरेको देखिन्छ । घट्नाबारे स्थानीय प्रहरीमा जानकारी गराईसकिएको कार्यवहाक अध्यक्ष गुरागाइँले बताउनु भयो ।

बुधबार राती दमककै फाल्गुनन्द चोकमा रहेको स्थानीय पदम दर्नालको सुनचाँदी पसलमा समेत एक तोला सुनसहित ३÷४ केजी चाँदीका सामान चोरी भएको सो क्षेत्रका स्थानीय तथा दमक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजकुमार योङयाले बताउनु भयो । यस अघि दमक ६ स्थित एउटा रेडिमेड कपडाको पसलमा समेत रातको समयमा चोरी भएको थियो ।

स्थानीय प्रहरी होटल तथा अन्य विभिन्न धन्दाका मानिसहरुसंग हप्ता असुलीमा केन्द्रित हुँदा यहाँको सुरक्षा अवस्था कम्जोर बन्दै गएको दमकबासीहरुको गुनासो छ । बजार क्षेत्रमा सुरक्षाका लागि पर्याप्त ध्यान नदिँदा दशैं तिहारको मौकामा शुरु भएको चोरीका घट्नाहरु श्रृखंलाबद्ध रुपमा भईरहेका स्थानीयको आरोप छ । दमकको भृकुटी चोक, फाल्गुनन्द चोक, क्याम्पसमोड, किराँत चोक लगायतका क्षेत्रमा दिनहुँ जसो दुले चोरीका घट्ना भईरहेपनि प्रहरीको रात्री गस्ती कम्जोर रहेको सर्वसाधारणको बुझाई छ ।

हितकोषबाट राहत दिने व्यवस्था
यसैबीच दमक उद्योग वाणिज्य संघले सञ्चालनमा ल्याएको व्यवसायिक हितकोषबाट चोरी तथा लुटपाटका घट्नामा पीडित उद्योग वाणिज्य संघका जोकोही सदस्यलाई राहत रकम प्रदान गर्न सकिने व्यवस्था छ ।
संघका कार्यवहाक अध्यक्ष गुरागाइँले संघको सदस्यता लिएका व्यवसायीहरुको सदस्यता नविकरण भएको अवस्थामा त्यस किसिमका चोरी, लुटपाट, आगलागी लगायत प्राकृतिक प्रकोपमा परेका सदस्यहरुलाई क्षतिको अवस्था हेरी राहत रकम दिन सक्ने व्यवस्था रहेको बताउनु भयो ।
संघका प्रथम उपाध्यक्ष राजु खड्काले संघको सदस्यता नविकरण भएको अवस्थामा त्यस किसिमको पीडित भएमा पीडितलाई क्षतिको अवस्था हेरी बढीमा ५० हजार रुपैयाँ सम्म राहत रकम दिन सकिने व्यवस्था रहेकाले सबै व्यवसायीहरुलाई सदस्यता नविकरण गर्न आव्हान गरिएको बताउनु भयो । निष्कर्ष न्यूज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah