सहाराविहीन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ज्येष्ठ दम्पतीको जिउने आधार सामाजिक सुरक्षाअन्तर्गत पाइने भत्ताको रकम बनेको छ । ७७ वर्षीय गङ्गाराम डगौरा र उहाँकी धर्मपत्नी ७१ वर्षीया कलेसनी डगौराले भत्ताको रकमबाटै जीविका चलाउँदै आउनुभएको छ ।
नगरपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराउने भत्ताको रकमले आवश्यक खाद्य सामग्री, लुगाफाटो र औषधिमुलोको व्यवस्था वृद्ध दम्पतीले मिलाउँदै आएका छन् । वृद्ध दम्पतीका चार छोरी भए पनि सबैको विवाह गरी पठाएपछि सहाराविहीन बनेका हुन् ।
सानै छँदा जन्मिएका चार छोराको मृत्यु भएपछि छोराकै आसमा चार छोरी जन्मिए वृद्ध गङ्गारामले भन्नुभयो, “पूरै जीवन छोरीको पालनपोषणमा बिताउनुप¥यो, छोरी ठूला भएपछि विवाह गरी आ–आफ्नो घर लागे, त्यसपछि सहाराविहीन भएका छौँ ।”
ऊर्जावान पूरै समय मुक्त कमैया बसेर जमिन्दारको घरमा जीवन बिताएका डगौरा दम्पतीले कमैया मुक्तिपश्चात पुनःस्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गा र त्यसमा छिमेकीको सहयोगमा निर्माण गरिएको छाप्रोमात्रै सम्पत्तिका रुपमा रहेको छ ।
“सम्पत्तिका रूपमा रहेको जग्गा बलौटे भएकाले पर्याप्त अन्न फल्दैन”, डगौराले भन्नुभयो, “सिँचाइको व्यवस्था छैन, बुढेसकाल लागेकाले पहिलाजस्तो मिहिनेतसमेत गर्न सक्दैनौँ । जग्गामा बनेको छाप्रोमा बस्ने व्यवस्थाबाहेक करेसाबारीसमेत बनाउन सकिएको छैन ।”
छाप्रो निर्माण गर्दा सरकारले छानामा राख्नका लागि उपलब्ध गराएको जस्तापातासमेत पुरानो भएकाले खिइँदै गएकाले पानी पर्दा त चुहिन्छ नै कलेसनीले भन्नुभयो, “शीत पर्दासमेत तप्पतप्प चुहिने भएकाले मर्मत गर्न सकेका छैनौँ ।” भत्ताको रकम बचत गरी मर्मत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
वृद्ध दम्पती सरकारले दिने भत्ताको रकमले औषधिमुलोसँगै चामल, तेल, दाल, नुन, कपडा सबैको जोहो मिलाउन सहजरूपमा सकिएको बताउनुहुन्छ । पहिला भत्ताको रकम थोरै हँुदा जेनतेन जीविका चलाउनुपर्ने बाध्यता थियो, हाल सरकारले भत्ताको रकममा वृद्धि गरेपछि खर्च चलाउन निकै सहज बनेको वृद्ध डगौरा दम्पतीको भनाइ छ ।
“खर्चको अभावमा तीर्थाटन गर्न सकेका थिएनौँ”, गङ्गारामले भन्नुभयो”, “भत्ताको रकम केही बचत गरी म’र्नुअघि तीर्थ घुम्ने योजना दुवै जनाको छ ।” सरकारले भत्ता दिएपछि सहाराविहीनका लागि सहज जीवन जिउने आधार बनेको उहाँले बताउनुभयो । “भत्ता रकमको व्यवस्था नहुँदो हो त अरुको शरणमा जानु पर्दथ्यो उहाँले भन्नुभयो,” “बाँच्नका लागि निकै सङ्घर्ष गर्नुपथ्र्यौ होला । त्यो सबै समस्याको निराकरण भत्ताको रकमले पूरा गरिदिएको छ । सहज जीवन बिताउन पाएका छौँ ।”
“बुढेसकालमा हात–खुट्टा चल्न छाडेपछि बस्दै आएको स्वामित्वको जग्गा जसले स्याहारसुसार गर्छ । त्यसकै नाममा गरिदिन्छौँ”, उहाँले भन्नुभयो । विगत सम्झिँदै गङ्गारामले भन्नुभयो, “बेलौरीका जमिन्दार कहाँ आठ वर्षजति मुक्त कमैयाका रूपमा काम गरे । त्यसपछि रु १० सौंकी लिएर भारतीय जमिन्दार कहाँ पनि काम गरे ।”
उहाँले आफ्नो विगत सम्झँदै भन्नुभयो, “भारतमा काम गर्दा निकै कष्ट झेल्नुप¥यो । जमिन्दारबाट लिएको रु १० मात्रै थियो । छोडेर आउन खोज्दा खाना खर्च सबै जोडेर रु १० हजार बढी पु¥याउँथे । पूरै एक वर्ष रित्तो हात काम गरेर फर्किन सकँे ।” बेलौरीमा काम गर्दा बिरामी परेपछि जमिन्दारले दिएको रकम रु २० हजार जति पुगेको थियो, उहाँले भन्नुभयो, “तिर्ने हैसियत थिएन । खानासँगै वर्षमा एक जोर लुगा मात्रै पाइन्थ्यो ।”
उहाँले सरकारले लगाएको गुन ज्येष्ठ नागरिकले बिर्सन नसक्ने उल्लेख गर्नुभयो । सरकारले मुक्तिको घोषणा गरेपछि जमिन्दारको घरबाट बिदा पाएपछि केही वर्ष दुवै दम्पतीले मजदुरी गरी जीविमा नै चल्यो । उमेर ढल्दै गएपछि मजदुरी गर्न नसक्ने अवस्थामा उहाँहरुले सरकारले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्र्तगत भत्ता दिन थालेपछि त्यसबाटै जीविका चलाइरहनुभएको छ ।
वृद्धभत्ता बूढेसकालको सहारा
बूढेसकालमा शरीरमा जोस, जाँगर र फुर्तिलोपनको अभाव हुन्छ । काम गर्न नसक्दा अरुसँग नै परनिर्भर हुनुपर्ने हुन्छ । शरीर फुर्तिलो नहुँदाको पीडामा रहेका बेला सामाजिक सुरक्षा भत्ता जीवन जिउनका लागि साहारा बनेको छ । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता दलित समुदायका ६० वर्ष र गैरदलित समुदायमा ७० वर्षदेखि वितरण गर्छ । सामाजिक सुरक्षाभत्ता पाउँदा बूढापाकाको जीवनमा खुशीसँगै उत्साह थपिएको छ ।
पाल्पा रिब्दीकोट गाउँपालिका–५, कुसुमखोलाका ७५ वर्षीय शिवकुमारी थापालाई बिरामी हुँदा औषधिमूलो गर्न र पोसिलो आहारा खान सामाजिक सुरक्षाभत्ताले सहयोग गरेको छ । “सानोतिना खर्च गर्नका लागि छोराबुहारीसँग पैसा माग्नुपर्दैन, बूढेसकाल लागेपछि बिरामी हुँदा ऋण खोज्नुपर्दैन”, थापाले भन्नुभयो । उपचारका नाममा पैसा नहुँदा अरुसँग पैसा माग्न हात थप्नुपर्ने बाध्यता हटेकोमा थापा खुसी हुनुहुन्छ । मासिक दुई हजार सामाजिक सुरक्षाभत्ता पाउने व्यवस्था छ । थप रु एक हजार स्वास्थ्योपचार खर्च गरी मासिक रु तीन हजार भत्ता पाउँदा थापाको अनुहारमा खुशी देखिन्छ । “सरकारले हामीजस्ता बूढाबूढीलाई न्याय गरेको छ, अझै राम्रो काम गर्नुपर्छ । साउनदेखि वृद्धभत्ता बढाएकोमा खुशी लागेको छ”, थापाले थप्नुभयो ।
रिब्दीकोट गाउँपालिका–४ खस्यौलीका ७१ वर्षीया शोभालक्ष्मी ढकाल वडा कार्यालयबाट सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । दुई छोरा र बुहारीसमेत रहेका ढकालले पोसिलो आधार र औषधि उपचारमा नै खर्च हुने सुनाउनुभयो ।
वृद्धभत्ता बुझ्न आउँदा पुराना साथीसँग भेट हुन्छ । एकअर्काका दुःखसुख आदानप्रदान हुन्छ । हामीलाई पुराना मान्छेका पुरानै कुरा भनेझँै बूढापाका भेट हुँदा खुशी लाग्ने ढकालको भनाइ थियो । रिब्दीकेट गाउँपालिका डुम्रेखर्ककी शान्ति रुचाल अहिले घरमा एक्लै बस्नुहुन्छ । एउटा सानो घरमा दिनरात एक्लै बिताउनुपर्छ । साँझ बिहान एक्लै खाना पकाउनुपर्छ । एक्लै बसेका वृद्धालाई सरकारी भत्ताले ठूलो गुन लगाएको छ । रुचालले चार महिनामा रु आठ हजार सामाजिक सुरक्षाभत्ता बुझेर आफ्नै दैनिक खर्च चलाउनुहुन्छ ।
सामाजिक सुरक्षाभत्ताले घरमा साँझ बिहान चुलोमा आगो बाल्न सहयोग जुटेको छ । नुन, तेल, चामल, दालसमेत किन्न सहयोग पुगेको छ । एकल महिला तथा सन्तान गुमाएका आमाहरुका लागि सरकारी भत्ताले खुशी मात्रै ल्याएको छैन कि जीवनभर बाँच्न सहयोग पु¥याएको छ ।
खस्यौलीका तुल्सीप्रसाद नेपाल लौराको साहारामा हिँड्डुल गर्नुहुन्छ । शरीर कमजोर बनेको छ । ७४ वर्षीय नेपाल चार महिनामा १२ हजार सामाजिक सुरक्षाभत्ता पाउँदा खुशी हुनुहुन्छ । वृद्धवृद्धालाई मात्र होइन, सरकारले एकल महिलाका लागि मासिक रु दुई हजार भत्ता दिन्छ । सामाजिक सुरक्षाभत्ता वितरणले परिवारमा एक्लै जीवन जिउने, वृद्ध अवस्थामा औषधि उपचार, खानपिन तथा चाडपर्व राम्रोसँग मनाउन पाइएको प्रतिक्रिया वृद्धबृद्धाको रहेको पाइन्छ ।
रिब्दीकोट गाउँपालिकाका अनुसार गत आवमा रु चार करोड ६१ लख ६५ हजार ६६९ को बजेट सामाजिक सुरक्षाभत्ता शीर्षकमा प्राप्त भएको थियो । जसमध्ये रु सात लाख २४ हजार ८९० फिर्ता भएको गाउँपालिकाको भनाइ छ । विसं २०५१ मा मोहनमन अधिकारी प्रधानमन्त्री हुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको थियो ।










