काठमाडौं, १५ वैशाख । नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्य सम्पादन मूल्यांकन कागजात किर्ते भएको पाइएको छ । सरकारले प्रहरीको विज्ञान प्रयोगशालाको प्रतिवेदनसँगै उक्त दावीसहितको दस्तावेज सर्वोच्च अदालतमा शुक्रबार पेश गरेको छ ।

मन्त्रिपरिषदले प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेपछि सिलवालले कार्यसम्पादन मूल्यांकनमा आफ्नो अंक बढी रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सरकारले रिटसँगै सिलवालले पेश गरेको कार्यसम्पादन मुल्यांकनको प्रतिलिपि फर्जी भएको दाबी गरेको हो ।

सिलवालले अदालतमा पेश गरेको र सरकारसँग भएको कार्यसम्पादन मूल्यांकनमा फरक परेपछि प्रहरीको अपराध अनुसन्धान विभाग अन्तरगतको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अध्ययन गरेको थियो ।

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनको अंश
बुँदा नम्बर चार अनुसार प्रस्तुत भएका कासमुहरुमा पाएको समानता र भिन्नता हुनु संयोग मात्र हो भन्ने अवस्था देखिँदैन। र हुबहु मिल्न गएको अंशले हाल अदालतमा पेश भएको रिट निवेदनको पक्ष वा विपक्षमा निर्णायक भूमिका खेल्ने निश्चित छ। तसर्थ कासमु मध्ये कुन वास्तविक हो त्यो यकिन हुनै पर्छ। सम्मानित अदालतले लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट झिकिएको सक्कल कासमुबाट हाल रिट निवेदन साथ पेश गरिएको कासमु मध्येबाट कुन वास्तविक कासमु हो भन्ने पत्ता लागि हाल्छ।
रिट निवेदनक स्वयंले नै रिट निवेदनमा संलग्न राखेको तत्कालीन महानिरीक्षक प्रकाश अर्यालको वास्तविक भएको भनी रिट निवेदन नै पेश गरेको र अर्यालको कासमुमा युनिफर्मिटी र कन्सिस्टेन्सी देखिएको छ। तर निवेदनक सिलवालले आफ्नो वास्तविक भनि संलग्न राखेको विवादित कासमुमा देखिएको भिन्नता तथा अन्य विशेषतालाई मध्यनजर गर्दा शंका गर्नुपर्ने आधारहरु छन्।
अनलाइनमा प्रकाशित भइ पठाइएको भनिएको डिआइजी नवराज सिलवालको कासमु (A1) फारममा बदनियतपूर्वक प्राप्ताङ्कलाई कम्प्युटरद्वारा छुट्टाछुट्टै स्क्यान गरेर वा फोटो इडिटिङ सफ्टवेर प्रयोग गरेर परिवर्तन गरेको हुन सक्ने भनी शंका गर्न सकिने प्रसस्त कारण देखिएको छ। मन्त्रिपरिषदमा पेश भएको भनिएको सिलवालको कासमु A2 फारममा देखिएको एकरुपता र अनुकुल तालमेललाई मध्यनजर गर्दा नक्कली भन्न सकिने अवस्था छैन।
स्याम्पल (A2) स्याम्पल (B) को कन्टेन्ट एनालाइसिस गर्दा स्याम्पल (A) वा स्याम्पल (A1) कम्प्युटरबाट उत्पादन गर्न सकिन्छ। तर स्याम्पल (A2) वा स्याम्पल (B) भने कपिपेस्ट गरी उत्पादन गर्ने सम्भावना छैन।
निवेदक सिलवालले रिट निवेदनसाथ संलग्न राखी पेश गरेको कासमु स्याम्पल (A) फारममा सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावेदन समितिका सदस्यले लेखेको विवरण र हस्ताक्षरबीच तालमेल नै नमिलेको देखिएकाले पुरै संका गर्नुपर्ने देखिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah