-विनोद क्षेत्री

२० वर्षको अन्तरालमा स्थानीय निर्वाचन हुने भएको छ । यसलाई सबै राजनीतिक दलले एउटा सकारात्मक अनि एउटा कुम्भ मेलाको रूपमा लिन जरुरी छ । जुन १९ सालसम्म राजनीति कचिंगलको जालोमा फसेको थियो, त्यसैले अब जनताबाट पनि पाखुरा देखाउने, पैसा बगाउने, चिया चुरोट बाइकमा पेट्रोल हाल्ने र भोज लगाउने उम्मेदवारलाई कुनै पनि हालतमा साथ दिएर आफ्नो भविष्य दलालको हातमा सुम्पिने भुल गर्नु हुँदैन ।

धेरैले धेरैपटक हामीलाई मिठा सपना बाँडे । मिठा सपना देखाए । आशाका किरण देखाए अनि हामी पनि उनीहरुको लाठी बनी उनलाई काखी च्यापेर हिडिरहेका थियौं । कैयौं उत्तम शव्द श्रवण गरेर मख्ख पनि परेका थियौं । तर सपनाहरू विपना कहिल्यै बनेनन् । आज बाध्य भएर नयाँ युवाहरु नयाँ राजनीति शक्ति भएर विवेकशील नेपाली दलको रुपमा चुनावी मैदानमा आएका छौं । ती मिठा मिठा शव्दहरू सबै झुट्ठा बनेपछि धेरैपटक निराश भएरै आज यो नयाँ राजनीतिक दलको नाम लिएर आएका छौं ।

अब आफ्नो वडा र नगर बनाउन हामी आफैं जागरुक भई अगाडि बढ्नुपर्छ । यही सोचेर विवेकशील नेपाली दलले ल्याएको नयाँ जोश अनि उर्जावान उम्मेदवारहरु । अब तपाईंकै काठमाडौ महानगरपालिकाका वार्डहरुमा ल्याएका छौं । अब बस् विवेक प्रयोग गर्नुस । अब नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah