काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम भ्रमणमा जाने भएका छन् । केही दिनको निजी भ्रमणमा उनी पश्चिम जान लागेको उनका सहयोगी फणी पाठकले जानकारी दिए ।  निजी भ्रमणको सिलसिलामा उनी मंसिर १५ गते  भैरहवा जाने उनले बताए ।

पूर्वराजा ज्ञानेन्द्र पश्चिम भ्रमणका क्रममा नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, गुल्मीलगायत जिल्लामा पुग्नेछन्। भ्रमणका क्रममा उनले त्यहाँका मठ मन्दिरको दर्शन गर्नेछन्। ज्ञानेन्द्रले भ्रमणका क्रममा रिढी, सिद्धबाबा, पाल्पा भगवती, अर्घाखाँची सुपा देउरालीलगायत मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भ्रमणका क्रममा मठ मन्दिरको दर्शनसँगै स्थानीय जनतासँग भलाकुसारीसमेत गर्ने कार्यक्रम छ, अन्नपूर्ण पोस्ट बाट