राजनीतिक दलबीच समझदारी नहुँदा नयाँ सभामुख चयन अन्योलमा छ। यौन दुव्र्यवहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएका कारण सो पद खाली छ ।
महरा सत्तारुढ दलबाट सभामुख थिए। उनले राजीनामा दिएपछि सो पदमा कसलाई ल्याउने भन्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) टुंगोमा पुगेको छैन । निर्वाचन प्रक्रिया अघि बढाउन संसद्मा रहेका दलहरूबीच सहमति पनि जुट्न सकेको छैन ।
नयाँ सभामुख कसलाई बनाउने भन्नेमा नेकपाले औपचारिक छलफल गरेको छैन। नेकपाभित्र सभामुखलाई प्याकेजमै टुंगो लगाउने कुरा उठेको थियो । मन्त्रिपरिषद् हेरफेरलगत्तै टुंगो लगाउने भनिएको यो विषयलाई अब उपनिर्वाचनपछि निष्कर्षमा पु-याउने तयारी नेकपाभित्र भएको स्रोत बताउँछ । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेकी छन् ।










