काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिका–९ स्थित महेस रानाभाटको घरमा जुवा खेलिरहेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले जुवा खेलिरहेका २३ जनालाई नियन्त्रणमा लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरुको साथबाट ९ लाख ५७ हजार ८ सय ७० रुपैयाँ पनि बरामद गरिएको छ । प्रहरीले गए राति घर घेराउ गरी नियन्त्रणमा लिन खोजेपछि भाग्न खोजेको उनीहरुलाई प्रहरीले हतियार देखाएर नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी काभ्रेले एकै पटक यति धेरै संख्यामा पक्राउ गरेको यो पहिलो पटक हो । जनता समाचार बाट