काठमाडौं, १० मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटन हुन ६ दिन बाँकी छ। प्रतियोगितामा भाग लिन विदेशी खेलाडी आउन थालिसकेका छन्। तर, साग आयोजक राष्ट्र नेपालका खेल पदाधिकारीलाई भौतिक संरचना निर्माणकै चटारो छ। प्रतियोगिता उद्घाटन मंसिर १५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

बंगलादेश, माल्दिभ्स र श्रीलंकाका भलिबल खेलाडी आइसकेका छन्। नेपालको हावापानीसँग घुलमिल हुन अन्य खेलका खेलाडी पनि आउन थालेका छन्। पाहुनाको सत्कारका लागि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुक डेक्स राखिएको छ। १३औं सागको मुख्य स्थल दशरथ रंगशाला निर्माण कार्य अझै जारी छ। नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का पदाधिकारी पाहुनाको सत्कार गर्ने समयमा संरचना निर्माणमै हस्याङफस्याङ गरिरहेका छन्। चिनियाँ प्राविधिकको सहयोगमा अहिले दशरथ रंगशालाको भीआईपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको छ।

अघिल्लो दिन धुलाम्मे र खाल्टाखुल्टी देखिने रंगशाला परिसरका सडक पेटी रातारात पिचसहित रङरोगनले चिटिक्क बन्न थालेका छन्। रंगशालाको साधारण प्यारापिट निर्माणले भने पूर्णता पाएको छ। साधारण प्यारापिटमा छानो राख्ने, कुर्सी बिछ्याउने, सिन्थेटिक ट्र्याक, फुटबल मैदान, स्कोर बोर्ड, चेन्जिङ रुमलगायत संरचना तयार भइसकेका छन्। कभर्ड हलमा भलिबल खेलका लागि म्याट बिछ्याउने र रङरोगन गर्ने काम भइरहेको छ। भलिबल आगामी बुधबार नै सुरु हुँदै छ। सागका लागि मुख्य चासोका रूपमा रहेको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन हिटिङ सिस्टमसहितको पौडीपोखरी हो। पौडीपोखरीमा टायल बिछ्याउने काम भइरहेको छ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल सबै काम तीव्र रुपमा भइरहेकाले संरचना निर्माणकै कारण खेल नरोकिने दाबी गर्छन्। ‘१३औं सागको भव्य आयोजना गरेर देखाउनु नेपालको कर्तव्य हो। हतारमा काम गर्नु हाम्रो बाध्यता हो। खेलअघि सबै संरचना तयार भइसक्छ। हिटिङ सिस्टमको पौडीपोखरी निर्माण पनि सम्पन्न गरेर छाड्नेछौं,’ सिलवाल भन्छन्।

सिलवालले मंसिर १२ गते सबै विषयको तयारी पूरा गरी पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताए। दशरथ रंगशालामा मंसिर १३ गते बृहत् रिहर्सल गर्ने तयारी छ। नेपालले तेस्रोपटक साग आयोजना गर्न लागेको हो। यसअघि सन् १९८४ मा पहिलो र सन् १९९० मा आठौं साग नेपालले आयोजना गरेको थियो।
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah