प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो ।

पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई मंगलवार बिहान अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । त्यसपछि तत्काल आकस्मिक शल्यक्रिया गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय