पालको एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको रुपमा रहेको दशरथ रंगशाला यतिबेला आफ्नो रुप फेरेको छ।

आगामी डिसेम्बरबाट १बाट सुरु हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि दशरथ रंगशालाको भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कामदारहरु राति अबेरसम्‍म रंगशालामा सेन्थेटिक ट्र्याक राख्ने र प्याराफिटमा छानो हाल्‍ने काम गरिरहेका छन्। उनीहरुलाई ३० नोभेम्बरसम्‍म सबै तयारी पूरा गर्ने चटारो छ। त्यहीकारण कोही कुर्सी मिलाउँदै छन् भने कोही नयाँ छानो हाल्ने/जोड्ने काममा व्‍यस्त देखिन्छन्।

यता, फुटबल खेलाडीहरु सागको तयारी अभ्यास पनि त्यही रंगशालामा गरिरहेका छन्।राति अबेरसम्‍म काम गर्नु पर्ने भएकाले त्यहा राखिएको स्पोर्टस् लाइट झिलिमिलि बालिएको छ। देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठमा मंगलबार राति आफ्नो लेन्समा कैद गरेका तस्बिर, यो खबर हामीले देश संचार बाट साभार गरेका हौ