काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेतृत्वको वैठक भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटोलालगायत नेतासँगै देउवा शनिबार बिहानै बालकोट पुगेका हुन् ।
संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न देउवा पार्टीका नेताहरुसहित बालकोट पुगेको बताइएको छ । छलफलमा एमालेका तर्फबाट भने पार्टी अध्यक्ष ओलीसँगै महासचिव ईश्वर पोखरेललगायत नेता सहभागी छन् ।
स्थानीय तह निर्वाचनको विषय पेचिलो बनिरहेका बेला दुई पार्टीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्ला केही दिनदेखि संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउन सरकार लागि परे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन ।



