झापा । जिल्ला प्रहरी कार्यालय झापाले एक किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा आज विहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट सुन सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन ।
सुन कस्को हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यस अघि शुक्रवार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय केजी चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा साविक बुधवारे गाविस– ९ हाल बुद्धशान्ति गाउँपालिका वडा नं. ३ निवासी ३२ वर्षीय मनोज गोयल र साविक कुमरखोद गाविस वडा नं. ७ हाल झापा गाउँपालिका वडा नं. २ निवासी २७ वर्षीय पुण्यप्रसाद अधिकारी रहेका छन् ।



