सिन्धुपाल्चोकको फुल्पिङकोटलाई केन्द्र बनाएर बुधवार राती ५ म्याग्निच्युटको भूकम्प गएको छ ।
राति १० बजेर ८ मिनेटको समयमा ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको झड्का काठमाडौंमा पनि महसुश गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा पनि कडा धक्का महसुश गरिएको ट्वीटरमा लेखेकी छिन ।










