पुर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआली बुट्टाबारी सडकखण्डमा पर्ने कालीझोडा चोकमा आज भएको दुर्घटनामा हुण्डाईको आई टेन क्षतिग्रस्त भएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ च ४४८७ नंबरको हुण्डाईको आई टेन बिहान ४ बजे अनियन्त्रीत भई सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको थियोे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा गाडिको अगाडि भागमा क्षती पुगेको छ भने पछाडिको सिसा पुर्णरुपमा क्षतीग्रस्त बनेको छ । दुर्घटनामा मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

दुहागडिका टेक बहादुर बस्नेतले चलाएको गाडि ओभर स्पिडका कारण अनीयन्त्रीत भई पोलमा ठोक्किन पुगेको ईलाका प्रहरी कार्यालय धुलाबारीका ईक्सपेक्टर कैलाश चौधरीले जानकारी दिनुभयो ।