काठमाडौं/ ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नरहने गरी अभियानबाट निस्कासन गरीएको छ ।
अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो ।
बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाउने निर्णय गरेको हो ।
अभियानले जारी गरेको वक्तव्यमा शाहीलाई हटाउनुको कुनै करण उल्लेख गरिएको छैन ।










