चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए । ‘त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु ग¥यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन,’ प्रधानाध्यापक केसीले भने ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा– ८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने, बेहोस हुने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उनले बताए । ‘यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ,’उनले भने । उनका अनुसार छात्राहरुको रोगको निदानका लागि अभिभावकले स्थानीय विधि धामीझाँक्री गरिरहेका छन् । तर रोग दोहिरिरहेको छ । प्रधानाध्यापक केसीका अनुसार लामो समयसम्म लम्बिएको यो रोगका कारण विद्यालय पठनपाठनको वातावरण प्रतिकुल बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah