मन्त्रिपरिषद् बैठकले जम्मा दुईवटा मात्र निर्णय गरेको जानकारी सरकारका प्रवक्ताले दिएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीवार नियमित पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
'छोटो बैठक बस्यो र सम्माननीय प्रधानमन्त्रीज्यूले ननियुक्त मन्त्रीहरू समेत गत वर्ष र चालू आर्थिक वर्षको पहिलो ४ महिनाको समीक्षा र आवश्यक निर्देशन दिने काम भएको जानकारी यहाँहरूले पाइनै सक्नुभएको छ,' प्रवक्ता बाँस्कोटाले भने ।'
बैठकले दुई महत्त्वपूर्ण निर्णय गरेको जानकारी बाँस्कोटाले दिए ।
यी हुन्, २ निर्णय :
–नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सह–सचिवस्तरीय बैठकका लागि उद्योग मन्त्रालयका सह–सचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन (वार्तासमेत सम्पन्न भइसकेको) ।
–भूमिसम्बन्धी एकीकृत विधेयक तयार गर्न सैद्धान्तिक सहमति ।










