दमक/दमक रवि सडक (फाल्गुनन्द मार्ग ) अन्तरगत इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चतुरे भन्ने ठाउँमा केहि बेर अघि यात्रुबहाक बस पल्टिएको छ ।

त्यहाँस्थित फोमी भ्यू रेष्टुरेँन्ट नजिकै रविबाट दमक तर्फ यात्रु बोकेर आउँदै गरेको अल्फाबेट नखुलेको ५६८८ नम्बरको बस करीब ११ बजेतिर पल्टिएको बताइएको छ । दुर्घटनामा परी २ जना महिला घाइते भएका र अन्यको अवस्था सामान्य रहेको माङसेबुङ गाउँकार्यपालिका सदस्य सगीता राईले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनीहरूको उपचारका लागि झापाको दमकतर्फ लगिएको भनिएपनि यो समाचार तयार पार्दा सम्म दमकका कुनैपनि अस्पतालमा सो दुर्घट्नाका घाईते ल्याई नसकेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिनु भयो ।