काठमाण्डु , १३ मंसिर – सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु चीन भ्रमणमा छिट्टै जाने बताएका छन् ।
नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले आफू चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चाँडै चीन जान लागेको जानकारी दिएका हुन् ।
चिनियाँ पक्षले प्रचण्डकै नेतृत्वमा टोली भ्रमणमा आओेस् भनेर चीनले प्रधानमन्त्री ओलीसँग चाहना राखेकाले आफू बेइजिङ जान लागेको उनले बताए ।प्रचण्डले राष्ट्रपति सीसँग आफ्नो आठ पटकसम्म भेट भइसकेको बताउँदै चीनसँग आफ्नो जनस्तरको सम्बन्ध बनिसकेको पनि बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पछि नेपाली पक्षबाट यो पहिलो उच्चस्तरीय भ्रमण हुने भएको छ । साथै यो भ्रमणले चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा भएको सहमति कार्यान्वयनमा सघाउ पुग्ने अध्यक्ष प्रचण्डको भनाई छ ।










