अनिल तिवारी बारा । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको निजगढ—पथलैया सडक खण्डको निजगढमा बस दुर्घटना हुँदा नेपाली सेनासहित ३३ जना गम्भीर घाइते भएका छन् ।

जनकपुरबाट भैरहवा जाँदै गरेको ना ४ ख ७९९० नम्बरको यात्रु बस निजगढको उनासी पुलबाट खोलामा खसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बसका सवार धनुषा रणभीम गणका नेपाली सेनाका जमदार कृष्ण श्रेष्ठ, लेसनायक प्रकाश कार्की, लेसनायक सानुबावु कार्की, महादेव चौधरी, सिपाही अंजना राई, ९ नम्बर बाहिनी अड्डाका सिपाही भरत विक लगायत गम्भीर घाइते भएको बारा प्रहरीले जनाएको छ ।

नेपाली सेनाका ३ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । निजगढ अस्पतालमा घाइतेहरुको सघन उपचार गरी थप उपचारका लागि बिरगञ्ज पठाईएकोे छ । फाइल तस्बिर/ जनता समाचार बाट साभार