एजेन्सी / शनिवार पात्रो अनुसार हप्ताको सातौं दिन पर्छ । यसको नामाकरण शनिग्रहको रूप मानिने शनि देवताको नामबाट गरिएको हो । हिन्दु धर्मको किवदंती अनुसार शनिबारकी माता कालीमाता हुन् ।

अझ शनिदेवलाई न्यायको देवता मानिन्छ । धर्मशास्त्र अनुसार, यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिबारको दिन भोजन गर्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । के छ त शनिवारको विशेषता ?
– शनिवार दूध अथवा दही सेवन गर्दै हुनुहुन्छ भने खाली दुध अथवा दहीमात्र सेवन नगर्नुहोस् । त्यसमा थोरै गुड अथवा चिनि मिसाएर खानुहोला । धर्मशास्त्र अनुसार, शनि देवलेसादा दूध र दही फिटिक्कै मन पराउँदैनन् ।
– रातो खुर्सानी पनि शनिदेवलाई मन पर्दैन त्यसैले शनिवारको दिन रातो खुर्सानी प्रयोग नगर्नुहोस् ।
– शनिवारको मुसुरोको दाल खानबाट पनि बच्नुहोस् ।
– शनिवारको दिन आँपको अचार खाने त के सम्झदा पनि नसम्झनुहोस् । किनकी आँपको सेवन शनिदेवलाई मन पर्दैन ।
अन्य समाचार:
माया पाउन यस्तोसम्म गरेपछि…….. (हेर्नुहोस भिडियोसहित)
आजभोली नेपाली दर्शकहरुले सर्ट(छोटो) फिल्महरु अत्याधिक रुचाउने गरेको पाईन्छ। छोटो तथा राम्रो हुने भएकोले नै होला दर्शकहरुको यस्ता फिल्महरु प्रति चासो बढेको । त्यसैले अहिले यस्ता चलचित्रहरुको निर्माण पनि बढेको छ। यस्ता चलचित्रहरुमा पुराना तथा नाम चलेका कलाकारको पनि मोह बढदो छ भने नयाँ कलाकाहरुलाई पनि एउटा अवसर हुने गरेको छ।
त्यस्तै एउटा लभ स्टोरीको कथा बोल्ने छोटो चलचित्र सार्वजनिक भएको छ। ‘ब्लाईन्ड लभ’ नाम गरेको चलचित्रलाई चन्द्र सुर्य ईन्टरटेनमेन्टले बजारमा ल्याएको हो। मनोज खत्रीको कथा रहेको यो चलचित्रमा रुद्राक्ष लिम्बु,सुसानी राई,पुजा चम्लागाई,टिका बिष्ट ,मोती दाहाल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ। यस चलचित्रको छायाँकन र सम्पादन मोती दाहालले गरेका हुन साथै क्रिउ सुबास अधिकारिले सम्हालेका छन भने यसको निर्देशन मनोज आफैले गरेका हुन्। यसको निर्माण रुद्राक्ष लिम्बुले गरेका हुन्।
कथा राम्रो रहेकोले यसको निर्माण गर्न र अभिनय गर्न ईच्छा जागेको निर्माता रुद्राक्षले बताएका छन्। त्यस्तै आफुले मिहेनतका साथ काम गरेकाले भिडियो राम्रो बनेको निर्देशक मनोज खत्रीले बताए।
हेर्नुहोस पुरा भिडियोः



